काठमाडौंबाट विराटनगर उडेको बुद्ध एअरको एउटा विमान पुनः काठमाडौंमा अवतरण गरेको छ ।
विराटनगरको मौसम खराब भएपछि विमान अवतरण गर्न नसक्ने जनाउँदै काठमाडौं फर्केको बताइएको छ ।
काठमाडौंबाट ६७ जना यात्रु लिएर सवा ५ बजे उडेको विमान उता अवतरण गर्न नसक्ने अवस्था नदेखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पौने ७ बजे आइपुगेको हो ।
