• Sunday 4th of October 2026

नेपालको १५० रन पूरा, सम्हालिने प्रयास गर्दै दीपेन्द्र र सोमपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १५० रन पूरा गरेको छ ।

नेपालले ३४ ओभरमा ६ विकेट गुमाएर १५१ रन जोडेको छ । सोमपाल कामी ३ र दीपेन्द्रसिंह ऐरी ८ रनमा खेल्दैछन् ।

नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

भारतका रवीन्द्र जडेजाले ३, सिराजले २ र सार्दुल ठाकुरले एक विकेट लिएका छन् । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि त्यसपछि ठूलो साझेदारी गर्न सकेकाे छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖