• Sunday 4th of October 2026

साफ यू–१६ मा नेपाल बंगलादेशसँग पराजित


  • धनकुटा खबर
  • .

काठमाडौं । यू–१६ साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

भुटानको थिम्पुमा भएको खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा ४७ औं मिनेटमा बंगलादेशका अशिकुर रहमानले गरेको गोल नै निर्णायक भयो ।

नेपालले भने दोस्रो हाफमा केही आक्रमण बुने पनि गोल भने गर्न सकेन ।

खेलको अन्तिम मिनेटमा नेपालले पेनाल्टी बक्स नजिकै पाएको फ्रि–किक गोल गर्न सकेन । बल पोष्ट माथिबाट बाहिरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖