• Monday 5th of October 2026

प्रभासको ‘सलार’ ले कति कमायो?


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म ‘सलार’ ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

सलारले सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्मको रेकर्ड राखेको छ। फिल्मले पहिलो दिन विश्वभरबाट १७८ करोड २ लाख भारू कमाएको थियो। जसमध्ये ९० करोड ७ लाख भारतीय बक्स अफिसमा कमाएको हो।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले १७ औं दिनमा ५ करोड ७५ लाख कमाएको छ। अहिलेसम्म फिल्मले भारतीय बक्स अफिसमा ३९२ करोड ९४ लाख भारू कमाइएको छ।
सलारले विश्वभरबाट ६०० करोड भारूबढी कमाइ सकेको छ।

प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। प्रभास र प्रशान्तले यो फिल्ममार्फत पहिलो पटक सहकार्य गरेका हुन्।

सलार पछि निर्माताहरूले ‘सलार २’ बनाउने घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖