• Monday 5th of October 2026

अनुपविक्रमले किन भेटे ऋतिक रोशन ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । अभिनेता अनुपबिक्रम शाहीले बलिउड अभिनेता ऋतिक रोशनसँग भेट गरेका छन् । मुम्बईमा रहेका शाहीले सोमबार बेलुका ऋतिक रोशनसँगको ‘क्यान्डिड’ फोटो सेयर गर्दै सो कुराको जानकारी दिएका हुन् ।

तस्बिरमा दुईजनाले गफगाफ गरिएको देखिन्छ । अनुप र ऋतिकको भेट व्यावसायिक उत्पादको प्रवर्द्धनका क्रममा भएको हो । उनीहरु पेय पदार्थ माउण्टेन डिउका ब्राण्ड एम्बेसडर हुन् ।

अनुपले सामाजिक सञ्जालमा राखिएको तस्बिरमा समेत लेट्स डिउ इट्’ लेखेका छन् । उनको सो क्याप्सनले पनि उनीहरुबीच व्यावसायिक उत्पादको प्रवर्द्धनका क्रममा भेट भएको बुझ्न सकिन्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖