• Monday 5th of October 2026

ज्योति मगर लडेको घटनामा भद्दा मजाक नगर्न एलिना चौहानको आग्रह


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका ज्योति मगरको नाच्दानाच्दै स्टेजमा पछारिएको भिडिओ भाइरल भएको देखेपछि अर्की गायिका एलिना चौहानले दुःख व्यक्त गरेकी छिन। उनले आफ्नो सामाजिक सञ्जालमा लामो स्टाट्स लेख्दै व्यस्तताका कारण भिडिओबारे ढिलो थाहा पाएको बताएकी छन्।

उनले लेखेकी छन्, ‘सिमसार महोत्सवमा ज्योति दिदीले आफ्नो प्रस्तुति दिँदै गर्दा स्टेजमा केहि कमजोरी देखिएछ जसका कारण दिदी अस्थिर भएर स्टेजमै लड्नुभएछ, अत्यन्तै दुःख लाग्यो ।’

कलाकार भएपछि दर्शकलाई रुझाउन गाह्रो हुने भएकाले लडेको कुरालाई लिएर मजाक नबनाइदिन उनले सबैलाई अनुरोध गरेकी छिन।

‘म एक कलाकार भएको हिसाबले कार्यक्रममा दर्शक रुझाउन अनि उहाँहरूको ध्यान आफू प्रति खिच्न कति कठिन छ त्यो मैले मज्जाले महसुस गर्न सक्छु,’ उनी थप्छिन्, ‘उक्त भिडियोलाई लिएर कति मानिसले भद्दा मजाक गरेको पाए, त्यो धेरै गलत हो । कृपया त्यसो नगरिदिनुहोला।’

‘सबैलाई ज्योति दिदीको आवाज, प्रस्तुति र ज्योति दिदिनै पनि मन नपर्न सक्छ तर त्यो दुर्घटना थियो, यसलाई मजाकको हिस्सा बनाउनु गलत हो । सबैले मलाई पनि मन पराउनु हुन्न,’ उनले जोडेकी छिन।

यस्ता दुर्घटना फेरि नहोस् भन्दै उनले सम्पूर्ण कार्यक्रम आयोजकहरूलाई ध्यान पुराउन र सजक रहन अनुरोध समेत गरेकी छिन।

पुष १७ देखि २० गतेसम्म इलामको माइ नगरपालिका(१, बिहीबारेमा भएको १३ कुने सिमसार महोत्सवमा गायिका ज्योति मगर गीत गाउने क्रममा उफ्रिएर नाच्दानाच्दै स्टेज भ्वाङ परेपछि पछारिएकी थिइन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖