• Tuesday 6th of October 2026

आफूलाई ४ वर्षको उमेरदेखि पाल्ने व्यक्तिसँग युवतीले बिहे गरिन्


  • धनकुटा खबर
  • .

काठमाडौं । धेरै उमेरको अन्तर भए पनि विवाह गर्ने जोडीले अक्सर समाजबाट आलोचनाको सामना गर्नुपर्ने हुन्छ। यस्ता जोडीलाई लिएर मानिसहरुले अनेक किसिमका कमेन्ट गर्छन् । यो कुरा सामान्य भइसकेको भए पनि हालै एक महिलाले आफूभन्दा १५ वर्ष जेठो पुरुषसँग बिहे गर्दा खैलाबैला मच्चियो । वास्तवमा कुरा यहाँ अलि फरक थियो।

सामन्था गिजल नामकी २९ वर्षीया महिलाले ४४ वर्षीय पुरुषसँग विवाह गरेकी छन् । टिकटकमा ‘ह्वेन वी वेर योङ्ग’ ट्रेन्ड अन्तर्गत मानिसहरू आफ्ना पार्टनरहरूसँग नयाँ र पुराना तस्बिरहरू साझेदारी गर्दै थिए, सामन्थाले आफ्नो विवाहको फोटोसँग अर्को एउटा फोटो सेयर गरिन्।

यहाँ अनौठो कुरा के थियो भने पुरानो तस्बिरमा सामन्था ४ वर्षकी थिइन् र १९ वर्षका श्रीमानको काखमा थिइन् । यसको क्याप्शनमा सामन्थाले लेखेकी छिन्– ‘तिमी उत्कृष्ट बेबी सिटर थियौ । मलाई खुशी छ कि हामीले उमेरलाई पछाडि छोडेर हाम्रो जीवनमा यो नयाँ अध्याय सुरु गर्न सक्छौं। तिमीले मलाई धेरै खुसी बनाउँछौ, मलाई हँसाउँछौ, र यसले मलाई तिमीलाई बिना शर्त माया गर्ने बनाउँछ । म आशा गर्छु कि आउने समयहरू हाम्रो र हाम्रो परिवारको लागि उत्तम होस्।’

सामन्थाको पोष्ट देखेर मानिसहरु छक्क परेका थिए । एक प्रयोगकर्ताले लेखेका छन्- तिम्रो श्रीमानले तिमीलाई बढ्दै गरेको देखे र तिमी १८ वर्षको हुने प्रतीक्षा गरे ताकि तिमीसँग विवाह गर्न सकुन् । यो बिल्कुल पागलपन र मूर्खता हो।’

यति धेरै कोलाहल पछि सामन्थाले सामाजिक सञ्जालमा मानिसहरूलाई जवाफ दिन थालिन्। उनले भिडियोमा भनेकी छिन्– ‘सबैभन्दा पहिले म सबैलाई बताउन चाहन्छु कि म पीडित होइन । मैले उनलाई प्रस्ताव राखेको थिएँ । यो वास्तविक जीवनको प्रेम हो, आजको पुस्ताको जस्तो दुई हप्ताको प्रेम होइन। यो सजिलो काम होइन।’

उनले अर्को पोस्टमा भनिन् ‘मानिसहरूले हामीलाई यति धेरै घृणा दिए कि मैले मेरो सम्बन्धमा पुनर्विचार गर्नुपर्छ तर म त्यसो गर्दिन। म मेरो श्रीमानलाई कुनै पनि हालतमा छोड्ने छैन। हामी सँगै खुसी छौं।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖