• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका विद्यार्थीमाथि धारिलो हतियार प्रहार, ६ जना पक्राउ


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ । दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा संचालन भइरहेको प्रतियोगितामा सोमबार राति केदार माबि, पिपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो ।

हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । सोमबार साँझ उक्त घटना भएको र त्यसलगत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका ६ जनालाई पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले बताए ।-प्रेसपत्र

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖