काठमाडौं । तपश्वीको भेषमा अनुयायीको हत्या र बेपत्ता बनाएको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए ।
एक जना १८ वर्षीया युवतीले बम्जनले पटक-पटक बलात्कार गरेको भन्दै २०७५ सालमा उजुरी गरेकी थिइन् ।
यस्तै नेपाल प्रहरीको मकवानपुर, बारा र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालयमा ४ परिवारले आफन्त बेपत्ता भएको जाहेरी दिएका थिए ।
