• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

न्युयोर्क टाइम्सकाे विश्वका घुम्नै पर्ने गन्तव्यमध्ये ३७ औँ नम्बरमा मुस्ताङ


  • धनकुटा खबर
  • .

काठमाडौँ । अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा घुम्नै पर्ने विश्वका ३७ गन्तव्यको सूचीमा नेपालको मुस्ताङलाई पनि समावेश गरेको छ ।

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको सूचीमा मुस्ताङको प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वको संक्षिप्त वर्णन गर्दै सन् २०२४ मा घुम्नै पर्ने पर्यटकीय स्थलको रूपमा रहेको जनाएका छन् । विश्वका ५२ वटा गन्तव्यको सूची सार्वजनिक गर्ने क्रममा मुस्ताङ ३७औँ नम्बर समावेश भएको हो ।

हिमालपारिको जिल्लाको नामबाट परिचित मुस्ताङ धौलागिरि र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित रहेको छ । करिब ३ हजार वर्ष भन्दा अगाडिको पुरातात्त्विक उत्खनन अनुसार यहाँबाट नेपाल र तिब्बत बिचको व्यापारिक मुख्य नाका रहेको थियो ।

मुस्ताङको सदरमुकाम जोमसोम हो भने पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्छ । मुस्ताङ अन्नपूर्ण हिम शृङ्खलाको उत्तरमा पर्ने भएकाले एकदमै कम पानी पर्ने जिल्ला पनि हो ।

मुस्ताङका प्रमुख पर्यटकीय स्थलमा लोमान्थाङ ऐतिहासिक दरबार, लोमान्थाङको सिटी वाला, मुक्तिनाथ’क्षेत्र,टुकुचे निलगिरी हिमाल, धौलागिरि हिमाल, तिलिचो पिक, याककावा पिक,टुकुचे धम्पुस पिक, टुकुचे पिक हिमाल टुकुचे मार्चे लेख, टुकुचे बतासे लेख, टुकुचे नाथांग खर्क रहेका छन् ।

यसैगरी धार्मिक हिसाबले पनि यो जिल्लाको महत्त्व रहेको छ । मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, शिवालय मन्दिर (पुथाङ), गणेश मन्दिर (जोमसोम) टुकुचे गोम्पा कोबाङ, टुकुचे क्युपर् गोम्पा, टुकुचे गोम्पसम्प, टुकुचे मकल् गोम्पा, टुकुचे रानी गोम्पा, मार्फा गोम्पा रहेका छन् ।

उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाँको जनजीवन भिन्नै प्रकारको छ। सदरमुकाम देखि उत्तर तिर भोटे गुरुङ, विष्ट र ठकुरी जातीहरूको बाहुल्य छ भने दक्षिण तिर थकाली समुदायको अतिरिक्त दलित तथा अन्य जातीहरूको बसोबास भएको पाइन्छ ।

गुरुङ तथा थकाली जातीहरू बौद्ध धर्म मान्दछन् भने दलित तथा अन्य जातीहरूले हिन्दु धर्म प्रति आस्थावान् देखिन्छन् ।न्युयोर्क टाइम्सले सार्वजनिक गरेको लिस्टमा नर्थ अमेरिकालाई शीर्ष स्थानमा रहँदा फ्लोरिडा ५२ औँ स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖