• Tuesday 6th of October 2026

क्रिकेट टीमबाट हटाइए सन्दीप, रित गौतमलाई कप्तानी


  • धनकुटा खबर
  • .

काठमाडौं । बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको छ । बागमतीले रित गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

यसअघि बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका थिए । उनी बलात्कार मुद्दामा दोषी ठहर भएसँगै रितलाई कप्तानको जिम्मेवारी दिइएको हो । नेपाल क्रिकेट संघले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता पुस २८ देखि माघ २० गतेसम्म गर्दैछ ।

बागमती टोली: रित गौतम (कप्तान), प्रतीस जिसी, विवेक राना मगर , रबिन जोशी (विकेटकिपर), आशुतोष घिरैया, इशान पाण्डे, रिजन ढकाल,सूर्य तामाङ, सोनु देवकोटा, प्रतीक श्रेष्ठ, कृजन गुरुङ, गौतम केसी, अशोक पौडेल र बिपिन आचार्य ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖