• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गुरुको दर्शन गर्न आएको भन्दै सीआईबी कार्यलय घेरे बम्जनका समर्थकले


  • धनकुटा खबर
  • .

काठमाडौँ । विवादित तपस्वी रामबहादुर बम्जन पक्राउ परेसँगै उनका समर्थकहरू महाराजगञ्जमा भेला भएका छन् ।

आफ्नाे धर्ममाथि प्रहरीले हस्तक्षेप गरेकाे भन्दै उनीहरुले महाराजगञ्जस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को कार्यालय घेरेका छन् ।

उनीहरुले गुरुलाई समातेर आफूहरुकाे आस्थामाथि आक्रमण गरेकाे आराेप लगाएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीईबी) ले मंगलबार बम्जनलाई पक्राउ गरेको थियो । लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जन ‘अपरेशन ब्लु’ मा पक्राउ परेसँगै उनका समर्थकहरू बुधबार बिहान करिब ११ बजेदेखि समर्थकहरू भेला भएका हुन् ।

करिब १५० को संख्यामा रहेका उनीहरूले आफूहरू गुरु (बम्जन) को दर्शन गर्नका लागि आएको बताएका छन् ।-चक्रपथ

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖