• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रहरी सहायक निरीक्षक घुससहित पक्राउ


  • धनकुटा खबर
  • .

रूपन्देही । बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन् ।

कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भन्दै ८ हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी चौकी खडैचामा कार्यरत उनलाई पक्राउ गरेको हो ।

उनलाई घुस लिइसकेको अवस्थामा उक्त रकमसहित प्रहरी चौकी खडैचाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖