• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अनलाइन जुवा खेलाउने तीन युवक पक्राउ


  • धनकुटा खबर
  • .

अनलाइनमार्फत जुवा खेलाउने तीन जना पक्राउ परेका छन्।

क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पान्डा लगायतका एप्लिकेसनमार्फत विभिन्न खेल खेलाएर सट्टेबाजी गर्ने/गराउने तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौंको कोटेश्वर बस्ने २५ वर्षीय पुजन साँवा, सर्लाहीको बागमती नगरपालिका-२१ को निशानराज कार्की र सर्लाही बरहथवा नगरपालिका-११ हिरापुरा घर भई भक्तपुरको सुर्यविनायक नगरपालिका-४ अनामनगर बस्ने २५ वर्षीय निशान गौतम छन्।

प्रहरीले उनीहरूको साथबाट अनलाइन क्यासिनो खेलाउन प्रयोग भएका ल्यापटप तथा मोबाइल बरामद गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए।

उनीहरूलाई आवश्यक कारबाहिका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको उनले बताए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖