• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मेयरले कुटे प्रशासकीय अधिकृतलाई !


  • धनकुटा खबर
  • .

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताले प्रशासनिक विवादमा आफूमाथि कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले दाबी गरेका छन् ।

बजेट खर्चको अख्तियारी, ज्यालादारी कर्मचारीको अवकास लगायतका विषयमा विवाद बढेपछि मेयरले उपमेयर मुना कुमारी पोखरेलको कार्यकक्षमा लगेर गाली गर्दै कुटपिट गरेको घिमिरेको दाबी छ । तर, मेयरले भने यो अभियोग अस्वीकार गरेका छन् ।

अधिकृत घिमिरेका अनुसार बजेट खर्चको अख्तियारी दिन पटक पटक आग्रह गर्दा पनि कानुनसम्मत रुपमा अख्तियारी नदिएको विषयमा विवाद भएपछि मेयर हातपातमा उत्रिएका हुन् ।

हातपातमा उत्रिएलगत्तै नगरपालिकामा कार्यरत कर्मचारीहरुले अति आवश्यकबाहेकको काम ठप्प पार्दै आन्दोलन नै गरेका थिए । कर्मचारी आन्दोलनसँगै यो विवाद सिडिओ र एसपी कार्यालयसम्म पुग्यो ।

अन्तत सिडिओ र एसपीको रोहवारमा मेयर र अधिकृत दुबैले अबदेखि पदीय मर्यादा अनुसार काम गर्ने र बजेट खर्चको गाँठो फुकाउने लिखित कागज गरेपछि तत्कालका लागि मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको टसल सकिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖