• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बमजनको घरमा आज पनि पुग्यो सिआइबीको टोली


  • धनकुटा खबर
  • .

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोली बिहीबार पनि रामबहादुर बमजनको घरमा पुगेको छ।

बमजनलाई गत मंगलबार राति प्रहरीले नियन्त्रणमा लिएको थियो।
थप अनुसन्धानका लागि भन्दै प्रहरीको टोली बिहीबार दिउँसो पनि बमजनको घरमा पुगेको हो।

अनुसन्धानकै सिलसिलामा सिआइबीको टोली उनको घरमा पुगेको व्युरोका एसएसपी दिनेश आचार्यले बताए।

‘अनुसन्धानका काम भइरहेका छन्, केही संकलन गर्नुपर्ने भएकाले टोली पुगेको हो,’ उनले भने।

प्रहरी टोली पुग्दा घरमा छोराछोरी र काम गर्नेहरू मात्रै थिए।

घरको चाबी नभएको भनेर केहीबेर प्रहरीलाई रोके पनि पछि प्रहरी घरभित्र पसेका थिए।

उनीविरूद्ध बाल यौन दूराचारको जाहेरी परेको छ। बमजनलाई बिहीबार सर्लाही जिल्ला अदालतमा पेश गरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖