• Tuesday 6th of October 2026

आठ वर्षअघि समुद्रमा हराएको भारतीय वायुसेनाको २९ जना सवार जहाजको भग्नावशेष फेला


  • धनकुटा खबर
  • .

याँदिल्ली, पुस २८। भारतले करिब आठ वर्षअघि समुद्रमा हराएको २९ जना सवार भारतीय वायुसेनाको यातायात विमानको भग्नावशेष प्राप्त हुने सम्भावना रहेको बताएको छ ।

रुसमा निर्मित एन्टोनोभ एएन–३२ विमानले सन् २०१६ जुलाईमा भारतको दुर्गम अण्डमान र निकोबार द्वीप समूहका लागि नियमित कुरियर सेवाका क्रममा सेवाकर्मी र चालक दलका छ सदस्यलाई बोकेको थियो ।

दक्षिणी सहर चेन्नाई नजिकै वायु सेनाको आधारबाट उडान भरेको १५ मिनेटपछि उक्त विमानको हवाई ट्राफिक कन्ट्रोलसँग अन्तिम पटक सम्पर्क भएको थियो । विमान हराएपछि उक्त समय खोज र उद्धार प्रयासले विमान खोजी गर्न सकेको थिएन ।

बङ्गालको खाडीमा समुद्री तलको सर्वेक्षण गर्ने गहिरो समुद्री ड्रोनले चेन्नाईको दक्षिणमा एक सय ४० समुद्री माइल (तीन सय १० किलोमिटर) दक्षिणमा तीन हजार चार सय मिटर (११ हजार एक सय ५० फिट) गहिराइमा दुर्घटनाग्रस्त विमानको भग्नावशेष फेला पारेको रक्षा मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖