वीरगंज । वीरगंज २१ पटेलनगरमा एक जना महिलाले आत्महत्या गरेकी छन् । भारत, बिहार मोतीहारी जिल्ला चिलहर गाउँ भई हाल पटेलनगरमा अमरदेव राउत कुर्मीको घरमा डेरा गरी बस्दै आएकी जितु यादवकी पत्नी मञ्जु यादवले आत्महत्या गरेकी हुन् ।
बिहान १०:३० बजे कोठाको काठको बलोमा सलले पासो लगाई आत्महत्या गरेको वडा प्रहरी कार्यालय, श्रीपुरका प्रहरी निरीक्ष्ँक धर्मजङ्ग थिङले बताएका छन् ।
उनका अनुसार पति जितु परवानीपुरस्थित अजयको कबाड कारखानामा बिहान ९ बजे काममा गएको र दुई जना छोरा विद्यालय पढ्न गएपछि कोठामा कोही नभएको बेला पासो लगाएर आत्महत्या गरेको बताए ।
उनले किन आत्महत्या गरिन् भन्ने विषयमा केहि खुल्न सकेको छैन । शवको सर्जमिन मुचुल्का गरी पोस्टमार्टमको लागि नारायणी अस्पताल पठाइएको छ । उनको तीन र पाँच वर्षीय गरी दुई जना छोरा छन् र सो घटनामा कोही पक्राउ परेका छैनन् ।-तराई अनलाइन
