• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अयोध्याका राम मन्दिरका लागि ४४ क्विन्टल लड्डू चढाइने


  • धनकुटा खबर
  • .

२८ पुस, काठमाडौं । अयोध्यामा २२ जनवरीमा हुन लागेको राम मन्दिरको उद्घाटन र अभिषेकको तयारी तीव्र गतिमा भइरहेको छ। कार्यक्रममा आउने आगन्तुकका लागि आवासदेखि सुरक्षाको व्यवस्था मिलाइएको छ । यसैबीच प्राणप्रतिष्ठा कार्यक्रमका लागि लड्डू बनाउने काम सुरु भएको छ । उत्तर प्रदेश र गुजरातका मजदुरहरूले देसी घिउबाट बनेको विशेष लड्डू तयार गर्दैछन्। भारतीय सञ्चारमाध्यमका यो प्रसाद देवराह बाबाले जनवरी २२ मा आउने रामभक्तहरूलाई बाँड्ने छन्।

लड्डुको प्रसाद तयार गरी टिफिनमा प्याक गरिँदैछ । देवराह बाबाका शिष्यलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन, ‘यो शुद्ध देसी घिउबाट बनेको लड्डु हो, जसमा एक थोपा पानी पनि प्रयोग गरिएको छैन। ६ महिनासम्म बिग्रने छैन । पहिले चाँदीको थालमा भगवान रामलालालाई बलि चढाइन्छ । यो प्रसाद भोगपछि आउने भीआईपीहरूलाई दिइनेछ।’

एउटा बक्समा कुल ११ वटा लड्डू हुनेछन् । दर्शनका लागि आउने रामभक्तहरूलाई पनि प्रसाद वितरण गरिने सो बक्समा ५ वटा लड्डू रहने छन् । देवराह बाबाको प्रेरणामा १ हजार १११ मण लड्डू चढाइदैँछ । रामललालाई ४४ क्विन्टल लड्डू चढाइनेछ ।

भुमी पुजनका बेला पनि देवराह बाबाले ट्रस्टलाई हजारौं क्विन्टल लड्डू दिएका थिए । ४४ क्विन्टल लड्डु बनाउन ४० जना कारीगरहरु लागेका छन्, यो लड्डुको विशेषता भनेको यसमा पानीको एक थोपा पनि प्रयोग गरिएको छैन । देवराह बाबा एक संत थिए, जसले राम मन्दिर निर्माणको भविष्यवाणी गरेका थिए।

भगवान रामको जन्म भएको ठाउँमा भगवान श्रीरामको भव्य मन्दिर निर्माणको काम गरिने उनले बताएका थिए, जुन उनको सपना पुरा हुदैँछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖