• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

दोहोरी साँझमा कुटपिट पश्चात देउवाको निधन, ६ जना पक्राउ


  • धनकुटा खबर
  • .

कैलाली । कैलालीको अत्तरिया बजारमा रहेको दोहरी साँझमा कुटपिटमा परि एक जनाको ज्यान गएको छ । २५ गते बुधबार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको हो ।

२५ गते राति दोहरी साँझमा कुटपिटमा परेका देउवालाई परिवारका सदस्यले राति नै उपचारका लागि धनगढी स्थित निसर्ग हस्पिटलमा ल्याएका थिए । गम्भीर चोट लागेका उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

देउवाको ज्यान गएपछि उनको परिवारले इलाका प्रहरी कार्यालय मालाखेतीमा जाहेरी दिएको थियो । कैलाली प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानका लागि शनिबारसम्म ६ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖