• Friday 9th of October 2026

एसियन कप : अस्ट्रेलियासँग भारतको हार


  • धनकुटा खबर
  • .

एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता एएफसी एसियन कपमा भारतमाथि अस्ट्रेलियाले जित निकालेको छ।

शनिबार कतारको बिन अली रंगशालामा भएको खेलमा अस्ट्रेलियाले भारतलाई २-० गोलले हरायो।

समूह ‘बी’ को यो खेलमा अस्ट्रेलियाले दुवै गोल दोस्रो हाफमा गर्‍यो।
अस्ट्रेलियाका लागि ज्याकसन इर्भिनले ५०औं मिनेटमा पहिलो गोल गरे भने जोर्डन बोसले ७३ औं मिनेटमा अग्रता दोब्बर पारे।

यसअघि शुक्रबार राति भएको उद्घाटन खेलमा आयोजक कतारले लेवनानलाई ३-० गोलले पराजित गरेको थियो।

प्रतियोगितामा एसियाका २४ देशबीच प्रतिस्पर्धा भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖