• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

विराटनगरका क्यासिनोमा प्रहरी सेटिङ, खुकुरी हानाहानपछि खुल्यो पोल


  • धनकुटा खबर
  • .

विराटनगर । विराटनगरका क्यासिनोमा नेपालीलाई खुलेआम जुवा खेलाइने र मिटरब्याजको धन्दा चल्ने गरेको खुलेको छ ।

शुक्रबार दुई समूहबीच खुकुरी हानाहानपछि सेटिङ बाहिरिएको हो ।

बिग होटलमा रहेको सम्राट क्यासिनोमा नेपालीहरूबीच नै झगडा भएपछि यो प्रकरण बाहिर आएको हो ।

मिटरब्याजको विषयमा झगडा भएपछि विराटनगरका रोनाल कँडेलमाथि खुकुरी प्रहार भएको हो । झापाका बिक्रम थपलियाको समूहले उनीमाथि आक्रमण गरेको हो ।

कँडेल र थपलिया दुवै गुन्डागर्दी, सट्टेबाजी तथा मिटरब्याजको धन्दामा संलग्न छन् । दुवैको मोरङ प्रहरीका अधिकारीसँग समेत निकट सम्बन्ध रहेको स्रोत बताउँछ ।

थपलियालाई प्रहरीले पक्राउ गरेको छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ ।

तर विराटनगरमा रहेका रत्ना होटल र बिग होटलका क्यासिनोमा भारतीय भन्दा नेपाली धेरै हुने गरेका छन् ।

क्यासिनोले मोरङ एसपीमा सेटिङ मिलाएकाले कहिलै छापा हान्ने गरिएको छैन । मोरङका एसपी दीपक पोखरेल तथा डिएसपी रञ्जन दाहालको शंकास्पद भूमिका देखिएको छ ।

यो घटनामा क्यासिनो समेत मुछिए पनि क्यासिनो सञ्चालकमाथि अनुसन्धानमा चासो दिइएको छैन ।-अनलाइन नेपाल

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖