• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बम्जनले खान मानेनन् अन्य कैदीले खाने खाना, छुट्टै चोखो खाना गरे अर्डर !


  • धनकुटा खबर
  • .

काठमाडौँ – केहि दिन अगाडी मात्रै पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनले कैदी-बन्दीले खाने गरेको खाना खान अस्विकार गरेका छन्। काठमाडौँबाट पक्राउ गरेर महोत्तरीको जलेश्वर कारागार पुर्याइएका बम्जनले कैदी-बन्दीले खाने गरेको खाना खान अस्विकार गरेका हुन्।

बम्जनलाई बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो। जेल चलान भएपछि बम्जनले छुट्टै खाना तयार गरिदिन आग्रह गरेको बताइएको छ।

बम्जनले आफू बेसार, लसुन, प्याज हालेको दाल, तरकारी नखाने बताएको जलेश्वर कारागारका प्रमुख (जेलर) रामचन्द्र साहको भनाई छ। बम्जनले जेल चलान भएको पहिलो रात केहि पनि खाएनन्।

शुक्रबार बिहान जलेश्वर कारागारका प्रमुख साहले बम्जनलाई भेटेका थिए। त्यसबेला बम्जनले साहलाई कैदीबन्दीलाई बनाएको खाना आफूलाई नदिन आग्रह गरेका थिए।

“मसँग उनले अरु कैदीबन्दीलाई बनाएको खाना आफूलाई नदिन आग्रह गरेका छन्। यहाँ उनीजस्ता (जोगी) ५/७ जना कैदी छन्। अब हामी बम्जनलाई पनि तिनै जोगीलाई बनाएको खाना दिन्छौँ।”,साहले भने।

साहले थप भने,”उनलाई कुनै विशेष सुविधायुक्त ठाउँमा हामीले राखेका छैनौँ, अरु कैदीबन्दीसँगै राखेका छौँ। जलेश्वर कारागारमा कुनै सुविधायुक्त कोठा पनि छैनन्। सबै एकै ठाउँमा बस्ने हो।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖