• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मुम्बईबाट गुवाहाटी जान उडेको विमान बंगलादेश पुगेपछि…


  • धनकुटा खबर
  • .

एजेन्सी । भारतको मुम्बईबाट गुवाहाटीका लागि उडेको इन्डिगो विमानलाई खराब मौसमका कारण गन्तव्यमा पुग्न १२ घण्टा लागेको छ ।

शुक्रबार राति नै गुवाहाटी पुग्नुपर्ने विमान डाइभर्सनका कारण १२ घण्टा ढिला शनिबार बिहान ११ बजे मात्र त्यहाँ पुगेको हो।

खराब मौसमका कारण मुम्बईबाट आएको यो विमानलाई पहिले कोलकातातर्फ डाइभर्ट गरिएको थियो तर त्यहाँ पनि मौसम खराब भएपछि भुवनेश्वरतर्फ पठाइएको थियो ।

तर त्यहाँ पनि धावनमार्ग बन्द भएकाले अन्ततः बंगलादेशको राजधानी ढाकास्थित विमानस्थलमा अवतरण भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖