• Tuesday 6th of October 2026

बेलायती उच्चायुक्तको पाकिस्तान प्रशासित कश्मीरको भ्रमणपछि विवाद चर्कियो


  • धनकुटा खबर
  • .

काठमाडौं । भारतले इस्लामाबादमा तैनाथ बेलायती उच्चायुक्तको ‘पाकिस्तान प्रशासित कश्मीर’ भ्रमणको विरोध गरेको छ। बेलायती उच्चायुक्तको यो भ्रमणमा अर्का बेलायती कूटनीतिज्ञ पनि उनीसँगै थिए ।

बेलायतमा दर्ता गरिएको आपत्तिमा भारतीय विदेश मन्त्रालयले “भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घन अस्वीकार्य छ” भनेको छ।

भारतले भनेको छ, “भारतले बेलायती विदेश मन्त्रालयका एक अधिकारीसँग जनवरी १० मा इस्लामाबादमा रहेको बेलायती उच्चायुक्तको पाकिस्तान प्रशासित कश्मीरको अत्यधिक आपत्तिजनक भ्रमणलाई गम्भीर रूपमा लिएको छ।”

“परराष्ट्र सचिवले भारतका लागि बेलायती उच्चायुक्तलाई कडा विरोध जनाएका छन्।” भारतले जम्मू कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश भारतको अभिन्न अंग रहेको र सधैं रहने बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖