• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

भिरबाट लडेर गम्भीर घाइते रसिलाले अस्पतालबाट गरे याचना


  • धनकुटा खबर
  • .

पर्वत जलजला गाउँपालिका-४,लामाखेतमा घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाईते भएकी एक महिलाको आर्थिक अभावका कारण शल्यक्रिया सहित उपचारमा समस्या भएको छ। लामाखेतमा सुम्कुम्बासी जिवन विताइरहेकी रसिला दमाईको मेरुदण्डमा गम्भीर चोट लागेपछि शल्यक्रियाका लागि आवश्यक पर्ने खर्च अभाव भएको हो । गएको पुस २० गते लामाखेत नजिकै भिरमा घाँस काटिरहेको बेला अचानक भिर बाट लडेर गम्भीर घाईते भएपछि उपचारमा समस्या भएको स्थानीय यूवा सुमित परियारले बताए ।

‘अप्रेसनका लागि खर्च अभाव भएको छ,‘खर्च नजुटेसम्म उपचार अगाडी बढाउन समस्या भएको छ’ परियारले भने । भिरबाट लडेर अचेत भएकी रसिलाको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । गण्डकी मेडिकल कलेजको बेड नं २७ मा उपचारार्थ रसिलाको मेरुदण्डसँगै घाँटी र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

पीडित रसिलाको दुई छोराछोरी छन भने श्रीमान रोजगारीका लागि भारतमा छन् । स्थानीयबासीले चन्दा संकलन गरी उपचारका लागि पोखरासम्म पुर्याएपनि थप उपचारमा आर्थिक समस्या भएपछि सहयोगको याचना गरिएको हो । रसिलाको उपचारमा करिब ३ लाख खर्च हुने बताइएको छ ।

थप जानकारी र सहयोगका लागि 9826636056 मा सम्पर्क गर्नुहोला

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖