• Monday 5th of October 2026

‘१२ वीं फेल’ की अभिनेत्रीलाई निकालिएको थियो तीन फिल्मबाट


  • धनकुटा खबर
  • .

पछिल्लो समय बलिउड फिल्म ‘१२ वीं फेल’ ले चर्चा पाइरहेको छ।
विधुविनोद चोपडाले निर्देशन गरेको फिल्म मनोजकुमार शर्माको जीवनमा आधारित छ। श्रद्धा पात्रको भूमिका देखिएकी मेधा शंकर पनि यतिबेला चर्चामा छिन्। यो फिल्मले उनलाई स्टार बनाइदिएको छ। ‘१२ वीं फेल’ मा जीवन्त अभिनय गरेकी उनले फिल्म क्षेत्रमा प्रवेश गरेको ६ वर्षपछि यस्तो पहिचान पाएकी हुन्।

उनले यहाँसम्म आउन धेरै मेहेनत गरेकी छन्। यो फिल्ममा काम गर्नुअघि उनले मनोज र उनकी श्रीमती श्रद्वासँग कुराकानी गरेकी थिइन्। कुराकानी गर्दा उनी मनोजको कुरालाई ध्यान दिँदै नोट गर्थिन्।

मेधालाई परिवारले फिल्म क्षेत्रमा पठाउन चाहदैन्थें। उनले आफ्नो बुबालाई फिल्ममा काम गर्छु भन्दा बुबा अचम्मित भए। त्यतिबेला उनका बुबाले भनेका थिए, ‘तिमी पागल भयौं? अभिनय त पढाईमा कमजोर भएकाले गर्ने क्षेत्र हो। तिम्रो राम्रो पढाई छ। तिमीले पढाईमा ध्यान दिनुपर्छ।’

मेधाले बुबासँग अभिनयका लागि दुई वर्ष समय मागिन्। दुई वर्षमा उनले फिल्ममा काम गर्ने अवसर पाइनन्।

नवभारत टाइम्सको रिपोर्टअनुसार उनलाई तीन फिल्ममा छनोट गरेपनि निकालिदिएको बताइएको छ। जसको कारण उनी धेरै रोएकी थिइन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖