• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

भगवान शिवको लागि सोमबार किन यति धेरै महत्वपुर्ण हुन्छ ?


  • धनकुटा खबर
  • .

सोमबारको दिनलाई भगवान शिवको पूजाको लागि विशेष दिन मानिन्छ । आजको मानिस यति धेरै व्यस्त छ कि उसलाई भगवानको उपासना गर्ने फुर्सद सम्म हुँदैन ।अहिले बढ्दो विज्ञानको अगाडी मानिसले आफ्नो धार्मिक आस्था भन्ने कुराहरु विस्तारै भुल्दै गरेको छ ।

तर हामीलाई थाहाँ छैन आस्था भनेको के हो ? कुनै पनि धार्मिक कार्यमा तपाई आफ्नो समय व्यतित गर्नुहुन्छ भने त्यसले तपाईको मनलाई शान्त तुल्याउँछ र बाँकी तपाईको समय राम्रो हुन्छ ।

मनको शान्ति पछि मात्रैं तपाई आफ्नो बाँकी कामलाई निरन्तर रुपमा अगाडी लैजान सक्नुहुन्छ । तपाईले कसैप्रति धेरै आस्था राख्नुहुन्छ भने त्यसको नजर तपाई माथि पर्छ त्यस्तै तपाई भगवान शिवको उपासना गर्नुहुन्छ भने तपाई माथि भगवान शिवको कृपा रहने कुरा शास्त्रहरुमा भनिएको छ । आज हामी तपाईलाई कसरी सजिलो तरिकाबाट भगवान शिवलाई खुशी बनाउँन सकिन्छ भन्ने बारेमा जानकारी गराउँछौं‘

हरेक सोमबार बिहानैं नुहाउँनुहोस र कुनै मन्दिरमा गएर भगवान शिवलाई स्वच्छ जल चढाउनुहोस ।यदि तपाईं मन्दिरमा जान सक्नुहुन्न भने तपाईं घरमा नैं शिवलिङगमा पानी चढाउन पनि सक्नुहुन्छ।

कच्चा दूधले शिवलिगंको अभिशेष गर्नुहोस र शुद्ध दुध चढाउनुहोस ।भगवान शिवलाई बिल्ब पत्र र फुल चढाउनुहोस।फूलहरू यदि मदारका छन् भने, यो धेरै शुभ हुन्छ साथै धतुरो पनि चढाउनुहोस।

भगवान शिवलाई शुद्ध घिउँले दिप जलाउनुहोस ।शिवजीलाई मौसमी फल चढाउनुहोस ।त्यस पछि, शिवजीको आरती गर्नुहोस्।अन्त्यमा,भगवान शिवसँग मनोकामना पूरा गर्नको लागि दुई हात जोडेर प्रार्थना गर्नुहोस्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖