• Friday 9th of October 2026

मधेशविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीको अर्धशतक


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय कि्रकेटमा आर्मीका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीका लागि उनले मधेशविरुद्ध ६० बलमा ३ चौका र २ छक्का प्रहार गर्दैर् अर्धशतक प्रहार गरेका हुन् ।

घरेलु प्रतियोगितामा निकै सफल ब्याटर विनोद भण्डारीले कुशल मल्लसँग पाँचौं विकेटका लागि ८४ रनको साझेदारी गर्दै खेलिरहेका छन् ।
हाल आर्मी ३५ ओभर सकिँदा ४ विकेटको क्षतिमा १८६ रन बनाउँदै खेलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖