• Sunday 4th of October 2026

विराट कोहलीसहित भारतीय खेलाडीले ड्रेसिङ रूममा आएर पहिर्‍याइदिए नेपाली क्रिकेटरलाई मेडल


  • धनकुटा खबर
  • .

मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएपछि नेपालले उत्कृष्ट खेल देखाउँदै आएको छ।

आइसिसी विश्व क्रिकेट लिग-२ का पछिल्ला १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोटमा स्थान बनाउँदा देसाईकै महत्वपूर्ण भूमिका थियो।

यस्तै नेपालमा आएको एसिसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाउँदा पनि उनले प्रशंसा बटुले। उनले नेपाली टिमलाई एकजुट बनाएर अघि बढाउन ‘ह्याप्पी ड्रेसिङ रूम’ का कार्यक्रम गर्दै आएका छन्।

जसअन्तर्गत उनले खेलपछि राम्रो खेल्ने खेलाडीलाई ड्रेसिङ रुममा मेडल दिने गरेका छन्। जसका भिडिओहरू नेपाल क्रिकेट संघको युट्यब पेजमा हेर्न सकिन्छ।

खेलपछि खेलाडीलाई प्रोत्साहन गर्न उनले मेडल नै दिने गरेका हुन्। सोमबार एसिया कपअन्तर्गत भारतविरूद्धको खेलपछि पनि यस्तै भयो। उनले भारतविरूद्धको खेलमा राम्रो खेलेका खेलाडीलाई मेडन लगाउन भारतीय खेलाडीलाई नेपालको ड्रेसिङ रूममा निम्ता दिए।

क्रिकेट संघले सार्वजनिक गरेको भिडिओमा नेपालका सोमपाल कामीलाई भारतका हार्दिक पाण्ड्यालाई मेडल लगाउन निम्त्याएको देखिन्छ। जसमा उनी भन्छन्, ‘सोमपाल पनि अलराउन्डर हुन्।’

त्यसपछि देसाईले आसिफ शेखलाई मेडल लगाइदिन भारतीय ब्याट्सम्यान विराट कोहलीलाई आग्रह गर्छन्। शेखले भारतविरूद्ध अर्धशतक प्रहार गरेका थिए। अरू भारतीय खेलाडी पनि उपस्थित भएको सो कार्यक्रममा विराटले मेडल लगाइदिँदा पहिलो पटक मेडल लगाइदिने अवसर पाएको भन्दै ठट्टा गरेको देखिन्छ।

भारतीय प्रशिक्षक राहुल द्रविडले दीपेन्द्रसिंह ऐरीलाई मेडल लगाइदिएको भिडिओमा देख्न सकिन्छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖