• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

पोखरा २८ कालिकामा नेपालकै ठूलो अर्धनारीश्वर मूर्ती निर्माण गरिने


  • धनकुटा खबर
  • .

पोखरा । पोखरा २८ कालिकाको चित्राकोटमा नेपालकै ठुलो अर्धनारीश्वर शिव पार्वतीको मूर्ती स्थापना गरिने भएको छ । २२ से २४ से राजाले शासन गरेको ऐतिहाँसिक महत्व वोकेको चित्राकोटमा एक सय आठ फिट अग्लो मुर्ती निर्माण गर्न लागिएको हो ।

परापुर्व कालमा ऋषिहरुको तपोभूमी रहेको उक्त क्षेत्र ज्योतीशहरुको उद्गमस्थल पनी हो । यस क्षेत्रमा कालभैरव, कालिका मन्दीर लगाएतका विभिन्न शक्तिपिठहरु पनि रहेका छन् ।

गहते दुरारुख सामुदायीक वन उपभोक्ता समितिले आयोजना गरेको स्थानीय भेलामा सामाजिक अभियन्ता, तिमिल्सेना समाजका अध्यक्ष एवं अर्धनारिश्वर महादेव धार्मीक तथा पर्यटन क्षेत्र विकास समितिका संरक्षक दिपक तिमिल्सेनाले अर्ध नारीश्वर महादेव मन्दीर निर्माणका लागि तयार पारिएको डिपिआर वडा नं २८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेलाई हस्तान्तरण गरे ।

गहते दुरारुख सामुदायीक वन उपभोक्ता समितिको स्वामित्वमा रहेको सो क्षेत्रमा मुर्ती निर्माणसँगै आधुनिक सुविधा सम्पन्न गुरुकुल, वाल उद्यान, आधुनिक पार्क, भ्यू पोईन्ट, दुरा जातीको संग्रहालय निर्माणका साथै सो क्षेत्रको व्युटिफिकेसनका लागी डि.पि.आरमा समावेश गरिएको छ । परियोजना निर्माणका लागी ७४ करोड रुपया लाग्ने अनुमान गरिएको छ ।

परियोजना निर्माण भएर संचालनमा आएमा समग्र वडा नं २८ मा आन्तरिक तथा वाह्य पर्यटन आगमनमा वृद्धी भई आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास स्थानिय जनताले गरेका छन् । वन उपभोक्ता समितिले परियोजना निर्माणका लागी आवश्यक जग्गा उपलव्ध गराउने निर्णय गरेको छ । वडाको धार्मीक तथा पर्यटन विकासका लागी समाजसेवी तिलकशाली अधिकारीको संयोजकत्वमा नारीश्वर महादेव धार्मीक तथा पर्यटन क्षेत्र विकास समिति गठन गरिएको छ ।

समितिको सह संयोजकमा हरी त्रिपाठी, सचिवमा राजेश घिमिरे, कोषाध्यक्षमा सरस्वती तिमिल्सेना, सदस्यहरुमा शुक्र अधिकारी, विष्णुहरी तिमिल्सेना, मुक्तिनाथ अधिकारी, विष्णुमाया पौडेल, विष्णु सुवेदी रहेका छन् ।

चित्राकोटवाट उत्तरतर्फ लहरै लागेका हिमश्रृङखला देख्नसकिन्छ भने दक्षिणतर्फ पोखरा लेखनाथ क्षेत्रको दृष्यावलोकन गर्न सकिन्छ । यहावाट कास्कीका सातवटै तालहरु देख्न सकिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖