• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?


  • धनकुटा खबर
  • .

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले घटेकाे हो ।

महासङ्घका अनुसार मंगलबार छापावाल सुन एक लाख १९ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १४१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖