• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बम्जनले जेलमा एक्लै हुन परेन, भेट्टाए साथी !


  • धनकुटा खबर
  • .

काठमाडौँ – सर्लाही जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि महोत्तरी कारागार पठाइएका राम बहादुर बम्जनले कारागारमा साथी फेला पारेका छन्।

सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको आरोपमा पुर्पक्षका लागि जेल चलान भएका बम्जनले कारागारमा साथी फेला पारेका हुन्।

बम्जन कारागारमा साधु सन्तसित बस्ने गरेका छन्। जेलमा फेला परेका साधु सन्तसित बस्ने मात्र नभई उनले उनीहरुसंग नै खाना खाने गरेका छन्। जेल प्रशासनका अनुसार महोत्तरी कारागारमा ६/७ जना साधु सन्त रहेका छन्।

“कारागारभित्र ६/७ जना साधु सन्त छन्। बम्जन उनीहरूसँगै खान्छन्। बम्जनले शाकाहारी खाना खाने गरेका छन्।”,कारागार प्रमुख रामचन्द्र साह भन्छन्।

कारागार पुगेपछि बम्जनले पहिलो रात कारागारभित्रै बनाइएको राधाकृष्ण मन्दिरमा रात बिताएका थिए। बम्जन शान्त देखिएको र जेलमा रहेका अन्य कैदीहरुसंग घुलमिल हुँदै गएको साहले जानकारी दिए। बम्जनले जेलमा रहेका अन्य कैदीहरुसंग कुराकानी गर्न थालेको बताइएको छ।

“उनले साँझ बिहान आफू सुत्ने ओछ्यानमा योग ध्यान गर्न थालेका छन्। उनी शान्त देखिन्छन्। अन्य कैदीबन्दीसँग घुलमिल हुँदै गएका छन्। अरु कैदीसँग पनि गफगाफ गरिरहेका हुन्छन्।”,साहले एक मिडियासंग कुराकानी गर्ने क्रममा भने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖