• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

मकाउ जान्छु भनेर घरबाट हिँडेका साजन रुस पुगे, युद्धमा गयो ज्यान !


  • धनकुटा खबर
  • .

काठमाडौँ – रुसी सेनामा भर्ना भएका लमजुङका अर्का एक युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा लमजुङ दूधपोखरी गाउँफालिका १ का ३२ वर्षीय साजन गुरुङ रहेका छन्।

उनको रुस–युक्रेन युद्धमा मृत्यु भएको खबर आएको वडाध्यक्ष दुर्गामान गुरुङले जानकारी दिए। गुरुङका अनुसार उनको मृत्युको खबर चार–पाँच दिनअघि आएको थियो।

साजन तीन–चार महिनाअघि मात्रै रुसी सेनामा भर्ति भयुएका थिए। युक्रेन-रुस युद्धमा ज्यान गुमाएका साजनका उनको बुबा, आमा, श्रीमती र ५ वर्षका छोरा छन्।

३२ वर्षीय साजन असोज १ गते मकाउ जानका लागि भनेर घरबाट हिँडेका थिए। तर उनी मकाउ नभई रुस पुगेका थिए। साजनले रूसी फौजीको लुगा लगाएको फोटो फेसबुकमा राखेपछि पात्रै परिवारले साजन रुस गएको थाहा पाएका थिए।

साजनले रूस पुगेर तालिम लिँदै गर्दाको फोटा फेसबुकमा राखेपछि रूसी फौजमा भर्ना भएको साजनका बुवा श्रीमान गुरूङ छाँगाबाट खसेजस्तै भएका थिए।

अहिले छोराको निधन भएको खबर साजनका बुवालाई पत्याउनै मुस्किल परिरहेको छ। उनले भने,”रूसी फौजमा भर्ना भई युक्रेनविरूद्ध युद्ध लड्ने क्रममा मृत्यु भएको भनेर साजनका साथीहरूले कान्छो छोरा कुमारलाई भनेका रहेछन्। आफ्नो आँखाले लास नदेखी पत्याउन सक्दैनौं।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖