• Monday 5th of October 2026

अंकिताले विक्कीसँग रुँदै सम्बन्ध तोडिन् !


  • धनकुटा खबर
  • .

विवादास्पद रियालिटी शो बिग बोसमा अहिले अंकिता र विक्कीको सम्बन्धको एकदमै चर्चा भइरहेको छ । अंकिता लोखन्डे र विक्की जैनको सम्बन्ध एकदमै मुश्किल अवस्थाबाट गुज्रिरहेको छ ।

‘फ्यामिली विक’ पछि यो सम्बन्धमा झनै दरार उत्पन्न भइरहेको छ । अंकिता र विक्की एकपटक फेरि एकअर्कासँग लड्दै गरेको देखिइरहेका छन् । प्रोमो भिडिओमा हेर्न सकिन्छ कि अंकिता रुँदै विक्कीसँग छुट्टिने कुरा गर्छिन् ।

भाँडा धुने कुरालाई लिएर उनीहरुको झगडा सुरु हुन्छ । जसको अन्तिममा अंकिताले रुँदै भन्छिन्,“मलाई माफ गर, म तँसँग अब कहिल्यै कुरा गर्न चाहन्न । म जाँदैछु तेरो जीवनबाटै, अब त देख आफ्नो के गर्नु छ ?”

अंकिताले आफ्नो पतिसँग अलग हुने कुरा राष्ट्रिय टेलिभिजनमै गरेकी छन् । यस्तोमा दुवैका प्रसशंक चिन्तित भएका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖