• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जंगलमा मृत फेला परेका महिला र पुरूष माइजू-भान्जा


  • धनकुटा खबर
  • .

दाङ तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँस्थित जंगलमा मृत फेला परेका महिला र पुरूषको पहिचान खुलेको छ।

बुधबार दमार गाउँस्थित जंगलमा एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेका तुलसीपुर उपमहानगरपालिका-३ गोठीखोलाका ३५ वर्षीया बसन्ती थापा र १९ वर्षीय तुलसीराम घर्ती भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।
उनका अनुसार उनीहरू माइजू-भान्जा हुन्।

‘बसन्तीका श्रीमान गोबिन्द थापाले श्रीमती हराएको हुँदा खोजी गरिदिन भन्दै पुस ९ गते प्रहरीमा निवेदन दिएका थिए,’ उनले भने।

तर शव सडेर गलिसकेको हुँदा पुस १० गते उनीहरूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

बसन्तीले घर छोडेपछि सामाजिक सञ्जालमा स्टाटस लेखेकी थिइन्- ‘गल्ती नहुँदा नहुँदै पनि संसारबाट बिदा हुनुको पीडाबारे सोचौला नि!’
मृतकको शवको मुचुल्का तयार पारी पोष्टमर्टमका लागि तुलसीपुर ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक मल्लले बताए।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖