• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

२३ दिनदेखि हराएका माइजू-भान्जा जंगलमा मृत भेटिए


  • धनकुटा खबर
  • .

रुपन्देही । दाङमा माइजू-भान्जा एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । पुस ९ गतेदेखि हराएका तुलसीपुर ३ गोटीखोला निवासी माइजू-भान्जा मृत भेटिएका हुन् । उनीहरुलाई बुधबार अपरान्ह ४ बजेतिर सानो बखरियाको जंगलमा मृत अवस्थामा फेला पारिएको हो ।

एउटै रुखमा झुण्डिएको अवस्थामा माइजू तुलसीपुर ३ निवासी ३४ वर्षीया बसन्ती थापा र सोही ठाउँका भाञ्जा १९ वर्षीय तुलसीराम घर्ती मृत फेला परेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित सानो बखरिया जंगलमा पात टिप्न गएका स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गर्दा उनीहरु मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमेलिया सडक खण्डको झन्डै एक किलोमिटरभित्र जंगलमा उनीहरुको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरु गाउँबाट हराएपछि थापाका श्रीमानले खोजीका लागि प्रहरीमा निवेदनसमेत दिएका थिए । थापाले दुई वर्षदेखि माताको रुपमा काम पनि गर्दै आएकी थिइन् ।

उनीहरुले नजिकै खाजा खाएर सामूहिक आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । हराएको लामो समय भएपनि शव भने धेरै दिनको नभएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖