• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

राष्ट्रपतिबाट आममाफी पाएर छुटेपछि ६१ लाख चोरी, १२ औँ पटक पक्राउ


  • धनकुटा खबर
  • .

ललितपुरमा चोर्न जाँदा एकथरी कपडा र चोरेपछि कपडा फेरेर हिँड्ने चोर दोलखाको शैलुङ्ग गाउँपालिका–४ का रघुनाथ बस्नेत पक्राउ परेका छन्। ४० वर्षीय बस्नेत भक्तपुरबाट पक्राउ परेका हुन् ।

आरोपी रघुनाथ बस्नेत असोज ३ मा राष्ट्रपतिबाट कैद मिनाहा पाएर निस्केका स्रोतले बतायो । संविधान दिवसको अवसरमा निस्केका उनी मंसिर र पुसमा दुई वटा ठुला चोरीमा संलग्न भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दुई महिनाको अवधिमा बस्नेतले ६१ लाख बराबरको धनमाल चोरेको आरोप छ ।

झम्सिखेलस्थित ठाकुर नाथ ढकालको घरबाट उनले पुस १ मा ३७ लाख १६ हजार बराबरको धनमाल चोरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ। मंसिर १७ मा उनले सानेपास्थित सुप्रिया राईको डेरा फोडेर २४ लाख ७६ हजार बराबरको धनमाल चोरेको बताईन्छ। बस्नेत अहिले १२ औँ पटक पक्राउ परेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖