• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

गौशाला २६ को तस्विर सार्वजनिक गर्नेकै तस्विर सार्वजनिक !


  • धनकुटा खबर
  • .

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा पीडित किशोरी गौशाला–२६को तस्विर सार्वजनिक गर्ने मद्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पीडित किशोरी गौशाला–२६ को वास्तविक तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा खुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राई रहेका छन्।

नेपाल प्रहरीको साइबर व्यूरोले राईलाई चिचिलाबाट पक्राउ गरेको साइबर ब्यूरोका प्रहरी उपरीक्षक पशुपति रायले जानकारी दिए। उनका अनुसार राईलाई बुधबार नै काठमाडौँ ल्याइसकिएको छ।

काठमाडौं जिल्ला अदालतले सन्दीप लामिछानेलाई आठ वर्षको जेल सजाय सुनाएपछि राईले पिडितको तस्विर सार्वजनिक गरेका थिए। तस्विर सार्वजनिक भएपछि पिडित गौशाला २६ ले प्रहरीमा उजुरी दिएकी थिइन्।

कानुनअनुसार बलात्कार पीडितको पहिचान र तस्बिर सार्वजनिक गर्न पाइँदैन। यस्तो गर्ने माथि तीन आधारमा सजाय हुन सक्छ। पीडितको पहिचान सार्वजनिक गर्नेलाई अपराध पीडित ऐन, गोपनीयता सम्बन्धी ऐन र विद्युतीय अपराधसम्बन्धी विभिन्न दफा अनुसार कैद सजाय हुनसक्छ।

राईकै तस्विर सार्वजनिक

पिडित किशोरीको तस्विर सार्वजनिक गरेर पक्राउ परेका राईकै तस्विर सामाजिक संजालमा सार्वजनिक भएको छ। राईको तस्विर उनी पक्राउ परेको खबर सहित सामाजिक संजालमा देखिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖