पोखराको अमरसिंहचोकमा पार्किङ गरिराखेको जीप चोरी गरेको आरोपमा प्रहरीले पोखरा १४,खाल्डेमसिना बस्ने २० वर्षीय गोविन्द परियारलाई पक्राउ गरेको छ ।
परियारले बुधबार राति करिब साढे एक बजेतिर ग २ च २३४३ नम्बरको जिप चोरी गरेर चलाउँदै गरको अवस्थामा पक्राउ गरेको हो ।
यसअघि गएको मंसिरमा सहचालकको काम गर्दै आइरहेका १७ वर्षका बालकले पोखरा ९, पृथ्वीचोकमा पार्किङ गरी राखेको ग १ ख ९६३८ नम्बरको बस चोरी गरेका थिए ।
