• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

छोराको बिहेको भब्य तयारीमा जुट्यो देउवा परिवार


  • धनकुटा खबर
  • .

नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंहको विवाहको साइत जुराइएको छ । यही माघ २१ गते प्रेमिका शिवाना श्रेष्ठसँग उनको विवाह हुन लागेको हो ।

उनीहरुले गत जेठ १ गते पारिवारिक जमघटमा इन्गेजमेन्ट अर्थात् बिहेको निधो गरेका थिए ।

जयवीर सभापति देउवा तथा सभासद् एवम् नेतृ डा. आरजू राणाका एक्ला सन्तान हुन् । शिवाना पूर्वपरराष्ट्र सचिव केदारभक्त श्रेष्ठकी नातिनी हुन् ।

उनीहरु दुवै जनाले छुट्टाछुट्टै व्यवसाय गर्दै आएका छन् । शिवाना सौन्दर्य सामग्री व्यापारमा आवद्ध रहेको बताइन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖