• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

छोरीलाई बलात्कार र छोराको हत्या गरेर भारत पस्ने सुरमा थिए नयाँराम


  • धनकुटा खबर
  • .

काठमाडौं । सुर्खेतमा छोरीलाई बलात्कार र छोराको हत्या गरेको आरोप लागेका बुबा पक्राउ परेका छन् । उनलाई प्रहरीले कैलालीको टीकापुरबाट बिहीबार बिहान पक्राउ गरेको हो ।

छोराको हत्या गरेर भारततर्फ भाग्दै गरेका सुर्खेतको पञ्चपुरी नगरपालिका-६ का नयाँराम बुढालाई प्रहरीले पक्राउ गरेको छ । उनले २ माघमा आफ्नै १८ वर्षीय छोरा भरत बुढाको बञ्चरो प्रहार गरी हत्या गरेको आरोप छ । त्यसअघि उनले आफ्नै छोरीको बलात्कार गरेको आरोप छ ।

हत्या गरेर फरार रहेका बुढालाई पक्राउ गर्न संघीय प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, प्रदेश प्रहरी कार्यालय सुर्खेतले वरिष्ठ नायव निरीक्षक नारायण शर्माको कमान्डमा टेकराज पराजुली, नवीन योगीसहितको टोली खटाएको थियो भने जिल्ला प्रहरी कार्यालयले प्रहरी हवलदार टीकाराम आचार्यलाई खटाएको थियो । प्रहरी स्रोतका अनुसार भारततर्फ भाग्दै गरेका नयाँराम कैलालीको टीकापुर नगरपालिका-१ को लम्कीपुर नजिकैबाट समातिएका हुन् ।

प्रारम्भीक बयानका क्रममा नयाँरामले छोराले आफ्नाविरुद्ध प्रहरीमा जाहेरी दिएको, मार्ने धम्की दिएको बताएका छन् । बहिनीलाई बलात्कार गरेको आरोपमा दाइले बुबाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए । सोही कारण उनको हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖