• Sunday 4th of October 2026

सुन चोरीको आरोपमा एक युवती पक्राउ


  • धनकुटा खबर
  • .

पोखरा । लमजुङमा सुन चोरीको आरोपमा एक युवती पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय, लमजुङले बेसीशहर बजारबाटो सुन चोरी गरेको आरोपमा बेसीशहरकी सुजा घिमिरेलाई पक्राउ गरेको हो ।

सुनको रानीहार १, सुनको वाला २, सुनको रातो पत्थर जडित औंठी २, सुनको औठी २, सुनको सिक्री १, सुनको मिनिहार १, सुनको टप ४, सुनको पत्थर जडित टप २ , सुनको गणेशको मुर्ती लकेट १, सुनको झक्का २ वटा सहित घिमिरेलाई पक्राउ गरेको हो ।

घिमिरेलाई लमजुङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सुचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖