• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

को रहेछन् त बक्सिङ खेलाडी गोसाईलाई आत्महत्या गर्न बाध्य पार्ने युवक ?


  • धनकुटा खबर
  • .

काठमाडौं,५ माघ । बुधबार राती आफ्नै घरमा मृत फेला परेकी सशस्त्र प्रहरी बल (एपीएफ) की सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाई आत्महत्या प्रकरणमा एक जना पक्राउ परका छन् ।

गोसाईंलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा भक्तपुर नगरपालिका–९ घर भएका दिनेश लबजु पक्राउ परेका हुन् ।

२८ वर्षीया गोसाई भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन् । आफ्नै तीन तले घरको छतमा रहेको जस्ताको डन्डीमा पासो लागेको अवस्थामा गोसाई मृत भेटिएकी थिईन् ।

गोसाई मृत फेला परेपछि प्रहरीले एक पुरूषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । गोसाईका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरूत्साहन कसुरमा जाहेरी दिएका थिए।

गोसाईको केही समयपछि विवाह गर्ने तयारी रहेको पनि पारिवारिक स्रोतले जनाएको छ ।

नवौँ राष्ट्रिय खेलकुदमा उनी ५४ केजी तौल समूहमा रजत पदक जित्न सफल भएकी थिइन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖