• Sunday 4th of October 2026

साफ यू–१६ च्याम्पियनसिप : भारतविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल


  • धनकुटा खबर
  • .

काठमाडौं । भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिप अन्तर्गत नेपालले समूह चरणमा आफ्नो दोस्रो खेलमा बुधबार भारतविरुद्ध खेल्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुनेछ ।

तीन टोली सम्मिलित समूह ‘ए’ को पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएपछि भारतविरुद्धको खेलमा नेपाल गर या मरको स्थितिमा छ । समूह चरण पार गर्न नेपालले भारतलाई जित्नैपर्ने दबाब छ । भारतसँग बराबरी वा हारले नेपाल समूह चरणबाटै बाहिरिनेछ ।

यस समूहमा भारत र बंगलादेशको समान ३ अंक छ । बंगलादेशले दुवै खेल खेलिसकेको छ । यदि नेपालले भारतलाई हराएको अवस्थामा भने तीनवटै टोलीको समान अंक हुनेछ र यस्तोमा हेड टु हेड र गोलअन्तर निर्णायक बन्नेछ ।

भारत साविक विजेता समेत हो भने नेपाल साविक उपविजेता हो । गत वर्ष श्रीलंकामा भएको संस्करणमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो । त्यसबेला नेपालले समूह चरणमा भारतलाई ३–१ ले पराजित गरेको थियो तर फाइनलमा भने ४–० ले पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖