• Sunday 4th of October 2026

कार्यकक्षमै यस्तो अश्लिल हर्कत


  • धनकुटा खबर
  • .

इलामको माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाकी एक कर्मचारीले कार्यकक्षमै अश्लिल क्रियाकलाप गरेको भनिएको भिडियो बाहिरिएको छ। तत्कालीन प्रमुख प्रकाशकीय अधिकृत काजीमान राई र लेखाकी कर्मचारीले लेखाको कार्यकक्षमा यस्तो क्रियाकलाप गरेको दाबी गरिएको सिसिटिभी फुटेज बाहिरिएको हो।

अश्लिल क्रियाकलापको भिडियो बाहिर आएपछि त्यसमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न स्थानीयले दबाब दिएका छन्। पालिकाले भने तत्कालै कार्यपालिका बैठक बसेर सम्बन्धित कर्मचारीमाथि कारबाहीका लागि संघीय सरकारलाई सिफारिस गर्ने जनाएको छ । कार्यपालिकाका एक सदस्यले भने, ‘गलत क्रियाकलापको भिडियो नै बाहिर आएपछि अन्तिम सत्य त्यही हो, अब थप छानबिन गरिरहन परेन,’ उनले भने, ‘अब बैठक बसेर कारबाहीका लागि सिफारिस गर्नेछौं ।’

केही महिनाअघि गाउँपालिकाको कार्यालयमा आगलागी भएको थियो। तर, तत्कालै आगो नियन्त्रणमा लिइएपछि क्षति हुन पाएको थिएन। केही स्थानीयले पालिकाको कार्यालयमा आगलागी भएको नभई आर्थिक अनियमितता र अश्लिल क्रियाकलाप ढाकछोप गर्न कर्मचारीले नै आगजनी प्रयास गरेको भन्दै सामाजिक सञ्जालमा विरोध जनाएका थिए। -नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖