• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

पालिकाबाटै ‘पासपोर्ट’ पाएपछि दंग भए स्थानीय


  • धनकुटा खबर
  • .

सिरहाको मिर्चैया नगरपालिकाले बुधबारदेखि स्थानीयस्तरबाटै राहदानी (पासपोर्ट) वितरण सेवा सुरु गरेको छ।

नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया–६ की शर्मिलाकुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवा सुरु गरेका हुन्।

‘अब पालिकावासी राहदानीका लागि सदरमुकाम सिरहास्थित जिल्ला प्रशासन कार्यालय पटक–पटक धाउनुपर्ने बाध्यता हटेको छ,’ नगरप्रमुख यादवले भने।

आगामी दिनमा यसलाई अझै प्रभावकारी र चुस्त बनाउने उनको भनाइ थियो। उनका अनुसार बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने भएको छ। स्थानीयस्तरबाट राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖