काठमाडौँ – ज्यान मार्ने धम्की दिँदै फिरौती माग्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। फिरौती नदिए ज्यान मार्ने धम्की दिने तीन जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विक रहेका छन्।
पक्राउ परेका उनीहरुले एनसेल नम्बरबाट फोन गरी रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई धम्की दिँदै आएका थिए।
पक्राउ परेका तीनै जना विरुद्ध आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए।
