• Tuesday 6th of October 2026

अयोध्याको राम मन्दिर प्राण प्रतिष्ठामा खाना खुवाउन प्रभासले ५० करोड दिएको भनिएको समाचार झुटो


  • धनकुटा खबर
  • .

अयोध्यामा राम मन्दिर बनाउन बलिउड र दक्षिण भारतीय अभिनेता अभिनेत्रीहरुले दान दिएका थिए ।

राम मन्दिरमा प्राण प्रतिष्ठा समारोहका लागि कयौँ सेलिब्रेटीलाई निम्तो पनि पठाइएको छ । हालै मात्रै दक्षिण भारतीय सुपरस्टार प्रभासले प्राण प्रतिष्ठाको लागि भनेर ५० करोड भारु दान दिएको खबर आएको थियो ।

आन्ध्र प्रदेशका एमएलए चिरला जग्गीरेड्डीले त प्रभासले जनवरी २२ मा अयोध्यामा खानपिनको सबै खर्च उठाउने समेत दाबी गरे । उनको यो अभिव्यक्तियुक्त भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो ।

प्रभासको टिमले यो खबरको सत्यता बताएका छ । यो खबर झुटो भएको आदिपुरुष फिल्ममा रामको भूमिका निर्वाह गरेका प्रभासले भनेका छन् । यो फिल्म नराम्ररी फ्लप भएको थियो । फिल्ममा पहिरन, दृश्य र संवाद विवादमा मुछिएपछि निर्माताहरुले माफी नै माग्नु परेको थियो ।

इन्डिया टुडेमा छापिएको समाचार अनुसार प्रभासको टिमले यो कुराको खण्डन गरेको छ । स्रोतका अनुसार यो पूरै अफवाह हो अनि खबर झुटो हो । प्रभासलाई प्राण प्रतिष्ठामा बोलाइएको छ कि छैन भन्ने पनि जानकारी नआएको बताइएको छ ।

दक्षिण भारतीय सिनेमा क्षेत्रमा रजनीकान्त, चिरञ्जिवी र रामचरणलाई निम्तो गएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖