• Friday 9th of October 2026

न्युजिल्याण्डसँग अहिले सम्म हारेको छैन नेपाल, अपराजित यात्रा कायम राख्ने लक्ष्य !


  • धनकुटा खबर
  • .

काठमाडौँ – आईसीसी यू–१९ विश्वकप–२०२४को पहिलो खेलका लागि नेपाली युवा टोली आज एक्सनमा उत्रँदैछ। नेपाल आफ्नो पहिलो खेलका लागि आज दिउँसो एक्सनमा उत्रन लागेको हो।

समूह ‘डी’मा रहेको नेपालले आज टेस्ट राष्ट्र न्युजिल्याण्डको सामना गर्नेछ। युवा विश्वकपमा आठ वर्षपछि सहभागी हुँदै गरेको नेपाल पक्कै पनि न्युजिल्याण्डलाई स्तब्द पार्ने दाउमा हुनेछ।

नेपाल र न्युजिल्याण्ड युवा विश्वकपमा अहिले सम्म दुई पटक आमने=सामने भयका छन्। ती दुवै भेटमा टेस्ट राष्ट्र न्युजिल्याण्डको युवा टोलीलाई नेपालले पराजित गरेको छ।

नेपालले सन् २०१६ को यू–१९ विश्वकप खेलेको थियो। सो बेला नेपालले क्वार्टरफाइनलसम्मको यात्रा तय तय गरेको थियो। समूह चरणको खेलमा नेपाल र न्युजिल्याण्ड आमने-सामने भएका थिए।

सो खेलमा नेपाल ३२ रनले विजयी भएको थियो। नेपालले पहिला ब्याटिङ गर्दै ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो। उक्त विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४७.१ ओभरमा २ सय ६ रनमा अल आउट भएको थियो।

त्यस्तै नेपालले कोलोम्बोमा २००६ को प्लेट च्याम्पियनसिपको फाइनलमा नेपालले न्युजिल्याण्डलाई एक विकेटले पराजित गरेको थियो। फाइनलमा २ सय ५ रनको लक्ष्य नेपालले दुई बल अगाडि ९ विकेट गुमाउँदै पूरा गरेको थियो।

नेपाल पक्कै पनि युवा विश्वकपमा न्युजिल्याण्ड विरुद्धको अपराजित यात्रालाई कायम राख्ने दाउमा हुँदै न्युजिल्याण्ड भने युवा विश्वकपमा नेपाल माथि पहिलो जित निकाल्ने पक्षमा हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖